पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुस् नयाँ सूची

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले नेपालमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मङ्गलबार जारी […]

Apr 15, 2025 - 16:03
 0
पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुस् नयाँ सूची

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले नेपालमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register