पाकिस्तानी प्रधानमन्त्री र टर्किएका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन संवाद भएको छ । उनले भारतले गरेको आक्रमणमा मारिएकाहरूका लागि टर्किएले गरेको प्रार्थनाको कदर गर्ने बताए । शरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस महत्वपूर्ण समयमा पाकिस्तानलाई टर्कीको ऐक्यबद्धता र समर्थनका लागि उहाँ (एर्डोगन)लाई धन्यवाद !’ दक्षिण एसियामा तनाव कम गर्न र […]

May 8, 2025 - 08:27
 0
पाकिस्तानी प्रधानमन्त्री र टर्किएका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन संवाद भएको छ ।

उनले भारतले गरेको आक्रमणमा मारिएकाहरूका लागि टर्किएले गरेको प्रार्थनाको कदर गर्ने बताए ।

शरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस महत्वपूर्ण समयमा पाकिस्तानलाई टर्कीको ऐक्यबद्धता र समर्थनका लागि उहाँ (एर्डोगन)लाई धन्यवाद !’

दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम गर्न टर्किएले गरेको प्रयासका लागि पाकिस्तान आभारी रहेको उनले बताएका छन् ।

‘हामी हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको कुनै पनि हालतमा रक्षा गर्नेछौं । दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम गर्न टर्किएले गरेको प्रयासका लागि पाकिस्तान आभारी छ,’ उनले भनेका छन् ।

मे ७ मा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणपछि टर्किएको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो ।

भारत र पाकिस्तानबीचको जारी अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उसले भनेको थियो, ‘हामी कुनै पनि उत्तेजक कार्य र नागरिक र नागरिक भवनहरूमाथि आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न सकेसम्म चाँडो कदम चालिने छ ।’

विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कारबाहीबाट बच्न अपील गरिएको छ र टर्कीले पहलगाम आक्रमणको अनुसन्धानको लागि पाकिस्तानको मागलाई समर्थन गर्ने पनि भनिएको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register