४ हजार इसेवा प्रयोगकर्ताको १ करोड चोर्ने २२ वर्षीय ‘ठिटो’ पक्राउ, इसेवाकै कर्मचारीले डाटा बेचेको आशंका, अनुसन्धान गर्दै प्रहरी 

काठमाडौँ । इसेवाबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । ४ हजार व्यक्तिको इसेवाका खाता ह्याक गरेर १ करोड २ लाख रुपैयाँ चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।  इसेवा एकाउन्ट ह्याक गरेर रकम चोरी भएका उजुरीहरुका आधारमा अनुसन्धान गर्दै जाँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौँको अनामनगर बस्दै आएका […]

Apr 16, 2025 - 13:19
 0
४ हजार इसेवा प्रयोगकर्ताको १ करोड चोर्ने २२ वर्षीय ‘ठिटो’ पक्राउ, इसेवाकै कर्मचारीले डाटा बेचेको आशंका, अनुसन्धान गर्दै प्रहरी 

काठमाडौँ । इसेवाबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । ४ हजार व्यक्तिको इसेवाका खाता ह्याक गरेर १ करोड २ लाख रुपैयाँ चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन् । 

इसेवा एकाउन्ट ह्याक गरेर रकम चोरी भएका उजुरीहरुका आधारमा अनुसन्धान गर्दै जाँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौँको अनामनगर बस्दै आएका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार बुढालाई बैशाख २ गते काठमाडौँको कालिमाटीबाट पक्राउ गरिएको हो । उनीमाथि ४ हजार बढी इसेवा प्रयोगकर्ताको खाता ह्याक गरेर रकम चोरी गरेको आरोप छ । 

पछिल्ला केही दिनयता बुढाले विभिन्न व्यक्तिलाई एमएमएसमार्फत ‘एटि अलर्ट’, ‘द-अलर्ट’ मार्फत ‘फिसिङ लिंक’ सहितको सन्देश पठाएर प्रयोगकर्तालाई लिंकमा प्रवेश गर्न लगाउने र सोही लिंकमार्फत मोबाइल ह्याक गरेर रकम चोरी गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । यसरी विभिन्न इसेवा प्रयोगकर्ताको खाताबाट चोरेको एक करोड २ लाख रुपैयाँ उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा ट्रान्सफर गरेको देखिएको प्रहरीले जनाएको छ । 

इसेवाकै कर्मचारीले डाटा बेचेको आशंका !  
इसेवाबाट १ करोड २ लाख चोरी गरेको आरोपमा बुढा पक्राउ परेपछि प्रहरीले उक्त घटनाको फरक कोणबाट पनि अनुसन्धान अघि बढाएको छ । 

यसो त बुढाले ‘अलर्ट’का नाममा जुनजुन नम्बरमा म्यासेज पठाएर रकम चोरी गरेका छन्, ती सबै नम्बरबाट इसेवा खाता खोलिएको र खातामा पर्याप्त रकम रहेको देखिन्छ । यसरी उनले इसेवा प्रयोगकर्ताकै नम्बर कसरी पाए ? वा जसजसको खातामा पैसा छ उनीहरुकै फोन नम्बर कसरी फेला पारे ? भन्ने प्रश्न अहिले प्रहरीका लागि टड्कारो बनेको छ । यसै पनि उनले इसेवाका ४ हजार प्रयोगकर्ताको खाता ह्याक गरेको पाइएको छ । यति धेरै इसेवा प्रयोगकर्ताको खाता ह्याक भएर रकम चोरी हुँदा पनि इसेवाले किन एक्सन लिएन ? भन्नेतर्फ पनि प्रहरीको अनुसन्धान सोझिएको छ ।

यहीबीच इसेवाकै कर्मचारी र ह्याकरको मिलेमतोमा डाटा लिक भएको चर्चा पनि बजारमा चलेको छ । यो चर्चामाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जनाएका छन् । ‘४ हजार प्रयोगकर्ताको खाताबाट १ करोड बढी रकम चोरी हुँदा इसेवाबाटै ग्राहकको फोन नम्बर र अन्य विवरण लिक भएको हो कि भन्ने शंका पनि छ ।’, ती प्रहरीले भने, ‘त्यसतर्फ पनि अनुसन्धान गर्दैछौँ । थप तथ्य अनुसन्धान पछि नै खुल्ला ।’

हाल पक्राउ परेका बुढालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register