एटिएमबाट पैसा झिक्नेहरु घटे, डिजिटल कारोबार गर्नेहरु बढे 

काठमाडौँ । पछिल्ला दिन एटिएमबाट पैसा झिक्नेहरु घटेका छन् । डिजिटल कारोबार गर्नेहरुको संख्या बढेसँगै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघसम्ममा एटिएमबाट पैसा झिक्नेहरु घट्दै गएका हुन् ।  गत आर्थिक वर्षको माघ महिनासम्म एटिएमबाट १ करोड ७ लाख ११ हजार ५ सय ७४ पटक पैसा झिक्ने काम भएको छ ।  चालु आर्थिक वर्ष […]

Mar 14, 2025 - 08:02
 0
एटिएमबाट पैसा झिक्नेहरु घटे, डिजिटल कारोबार गर्नेहरु बढे 

काठमाडौँ । पछिल्ला दिन एटिएमबाट पैसा झिक्नेहरु घटेका छन् । डिजिटल कारोबार गर्नेहरुको संख्या बढेसँगै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघसम्ममा एटिएमबाट पैसा झिक्नेहरु घट्दै गएका हुन् । 

गत आर्थिक वर्षको माघ महिनासम्म एटिएमबाट १ करोड ७ लाख ११ हजार ५ सय ७४ पटक पैसा झिक्ने काम भएको छ । 

चालु आर्थिक वर्ष २०८१ ८२ को माघ मसान्तसम्म भने १ करोड २ लाख ५० हजार ६ सय ४ पटक मात्रै नगद झिक्ने काम भएको छ । या गत आर्थिक वर्षको तुलनामा कम हो । 

त्यस्तै, चालु आर्थिक वर्षको सोही अवधिमा एटिएमबाट ८६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ झिकिएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ४८ करोड ५० लाख रुपैयाँ एटिएमबाट झिकिएको थियो । तर यसअवधिमा डिजिटल कारोबारको संख्या भने बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register