ओलीको दाबी : ८४ मा एमालेले एकल बहुमत ल्याउँछ

काठमाडौ‌ं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा आफ्नो दलले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको जिकिर गरे । एमाले मिसन ८४ मा […]

May 19, 2025 - 12:36
 0
ओलीको दाबी : ८४ मा एमालेले एकल बहुमत ल्याउँछ

काठमाडौ‌ं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा आफ्नो दलले एकल बहुुमत ल्याउने दाबी गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको जिकिर गरे ।

एमाले मिसन ८४ मा एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको ओलीले बताए ।

‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ । समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुुमत आउन गाह्रो छ,’ उनले भने, ‘तर हामीले प्रणाली चुनिसकेको छौं । चुनौतीपूर्ण छ ,तर यो काम एमालेका लागि सम्भव छ । त्यसैले मिसन ८४ एमालेको एकल बहुमत ल्याउनेगरीको तयारीमा जुटिरहेका छौं ।’

त्यस्तै प्रधानमन्त्री ओलीले आफूहरु व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेको दाबी गरे । विपक्षीहरूले जनतामा भ्रम छर्न खोजेको भन्दै त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्ने उनले बताए ।

‘एमालेलाई पार्टीका रुपमा अझ विकसित गर्न लाग्नुुपर्छ । व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ । अहिले हामीमाथि प्रहार भइरहेको छ,’ उनले थपे, ‘सोसल मिडियाबाट हाम्रा विरोधी भन्नाले देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तीव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरूले हाम्राविरुद्ध प्रचार गरिरहेका छन्, त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको भन्दै कुनै एउटा चटके कुरा गर्दिएर हाहा..हु.. गर्ने जमात नभएको स्पष्ट पारे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register