प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको  जानकारी दिए । दुबईबाट काठमाडौं आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार […]

Apr 16, 2025 - 14:25
 0
प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको  जानकारी दिए ।

दुबईबाट काठमाडौं आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

“उक्त घटनामा देखिएका प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर छानबिन थालेका छौँ, छानबिनपछि यकिन कुरा आउँछ”, तामाङले भने । ट्रली बाहिर ल्याएको विषयमा विमानस्थलकै कर्मचारीसँग विवाद भएको र त्यसपछि विवाद भएको जनाइएको छ । सामाजिक सञ्जालमा प्रहरीको व्यवहारको आलोचना भइरहेको छ ।

उनी वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलमा भन्सार जाँच पासपछि उक्त घटना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register