मकवानपुरमा ५२ केजी गाँजासहित एक व्यक्ति पक्राउ

हेटौँडा । मकवानपुरमा गाँजासहित एक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय बाबुराम मुक्तानलाई ५२ केजी लागुऔषध गाँजासहित बिहीबार पक्राउ गरेको हो । रुपाचुरीबाट नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक वनभित्र गाँजाको भारी बोकेर जाँदै गरेका उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । […]

Apr 17, 2025 - 13:32
 0
मकवानपुरमा ५२ केजी गाँजासहित एक व्यक्ति पक्राउ

हेटौँडा । मकवानपुरमा गाँजासहित एक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय बाबुराम मुक्तानलाई ५२ केजी लागुऔषध गाँजासहित बिहीबार पक्राउ गरेको हो ।

रुपाचुरीबाट नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक वनभित्र गाँजाको भारी बोकेर जाँदै गरेका उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

नियन्त्रणमा लिइएका मुक्तानलाई लागुऔषध कसुर मुद्धामा हेटौँडास्थित मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register