चेन्नई भर्सेस हैदराबाद : हार्ने टोलीको प्लेअफ सम्भावना समाप्त हुने

काठमाडौं । आईपीएल (IPL) क्रिकेटको १८औं संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजेदेखि सुरु हुनेछ । जारी सिजनमा दुवै टोलीको प्रदर्शन निराशाजनक छ । यी दुवै टोली आफ्नो पछिल्ला खेलमा पनि पराजित भएका थिए । चेन्नई र हैदराबाद दुवैको प्लेअफ चरणमा […]

Apr 25, 2025 - 06:30
 0
चेन्नई भर्सेस हैदराबाद : हार्ने टोलीको प्लेअफ सम्भावना समाप्त हुने

काठमाडौं । आईपीएल (IPL) क्रिकेटको १८औं संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा दुवै टोलीको प्रदर्शन निराशाजनक छ । यी दुवै टोली आफ्नो पछिल्ला खेलमा पनि पराजित भएका थिए ।

चेन्नई र हैदराबाद दुवैको प्लेअफ चरणमा पुग्ने सम्भावना पनि प्राविधिक रुपमा मात्र बाँकी छ । त्यसैले शुक्रबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको प्लेअफ चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ ।

हैदराबाद र चेन्नईले जारी सिजनमा आठ–आठ खेल खेलिसकेका छन् । आठमध्ये केवल दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको चेन्नई चार अङ्कसहित तालिकाको अन्तिम स्थानमा छ ।

हैदराबादले पनि अघिल्ला आठमध्ये दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद पनि चार अङ्कसहित तालिकाको नवौं स्थानमा छ ।

हेड टू हेडमा चेन्नई अगाडि

चेन्नई र हैदराबादबीच हालसम्म आईपीएलमा २२ खेल भएको छ । त्यसमा चेन्नई बलियो देखिन्छ । चेन्नईले १६ खेलमा हैदराबादलाई हराएको छ भने हैदराबादले ६ खेलमा मात्र जितेको छ ।

जारी सिजनमा चेन्नईका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । आठ खेल खेलिसकेको चेन्नईका लागि कुनै पनि ब्याट्सम्यानले कुल दुई सय ५० रनसम्म बनाउन सकेका छैनन् ।

चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुबे हुन् । उनले आठ खेलमा कुल दुई सय ३० रन बनाएका छन् । यो सूचीमा दोस्रो स्थानमा रहेका रचिन रवीन्द्रले आठ खेलमा कुल एक सय ९१ रन बनाएका छन् ।

सर्वाधिक विकेट लिने बलर स्पिनर नुर अहमद हुन् । उनले आठ खेलमा १२ विकेट लिइसकेका छन् । यो सूचीमा दोस्रो स्थानमा रहेका खलिल अहमदले ११ विकेट हात पारेका छन् ।

हैदराबादका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हेनरिक क्लासन हुन् । उनले हालसम्म आठ खेलमा कुल दुई सय ८१ रन बनाएका छन् । टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा ट्राभिस हेड छन् ।

हेडले हालसम्म आठ खेलमा कुल दुई सय ४२ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले सात खेलमा ९ विकेट लिएका छन् ।

पिच रिपोर्ट

हैदराबाद र चेन्नईबीच शुक्रबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा रन बनाउन ब्याट्सम्यानले निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८९ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ३८ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।

यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर चेन्नईले सन् २०१० मा राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।

सम्भावित-१२

चेन्नई : महेन्द्रसिंह धोनी (कप्तान), शेख रशीद, रचिन रवीन्द्र, आयुष म्हात्रे, विजय शङ्कर, रवीन्द्र जडेजा, जामी ओभर्टन, खलिल अहमद, नुर अहमद, मथिशा पाथिराना, शिवम दुबे र रवीचन्द्रन आश्विन ।

हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत बर्मा, हर्षल पटेल, जयदेव उनादकट, जिशन अन्सारी, एसान मालिंगा र मोहम्मद शामी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register