बीवाइडी ‘वर्ल्ड अर्बान कार’ अवार्ड पाउने पहिलो चिनिँया कम्पनी

काठमाडौं । बीवाइडीले वल्ड अर्बान कार अवार्ड पाएको छ । न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा ११ कम्पनीलाई पछि पार्दै बीवाइडीले यो अवार्ड पाएको हो । यो उपाधि पाउने बीवाइडी पहिलो चिनिँया कम्पनी हो । बीवाइडीको सिगल र डोल्फिन मिनीले उक्त अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ । अवार्डपछि बीवाइडीको कार्यकारी उपाध्यक्ष स्टेला लीले यो अवार्डबाट निकै […]

Apr 18, 2025 - 09:38
 0
 बीवाइडी ‘वर्ल्ड अर्बान कार’ अवार्ड पाउने पहिलो चिनिँया कम्पनी

काठमाडौं । बीवाइडीले वल्ड अर्बान कार अवार्ड पाएको छ । न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा ११ कम्पनीलाई पछि पार्दै बीवाइडीले यो अवार्ड पाएको हो ।

यो उपाधि पाउने बीवाइडी पहिलो चिनिँया कम्पनी हो । बीवाइडीको सिगल र डोल्फिन मिनीले उक्त अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

अवार्डपछि बीवाइडीको कार्यकारी उपाध्यक्ष स्टेला लीले यो अवार्डबाट निकै गौरव महशुस गरेको बताइन् ।  ‘हामीले असाध्यै गौरव महशुस गरेका छौँ । यो सम्मानले दीगो प्रविधिबाट ग्राहकहरूलाई उत्कृष्ट सेवा दिनका लागि हामीलाई थप हौँस्याएको छ । बीवाइडी पृथ्बीको तापक्रम १ डिग्री सेल्सियस घटाउने अभियानमा प्रतिवद्ध छ,’ उनको भनाइ छ ।

ग्लोबल डेब्यूबाटै कम्पनीले अन्तर्राष्ट्रिय ग्राहकको मन र विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ ।  यो सम्मानले बीवाइडीलाई सवारीसाधनको क्षेत्रमा थप पृथक रूपमा उभ्याएको कम्पनीले बताएको छ ।

नवीन प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरूलाई अझै उत्कृष्ट उत्पादन पेस गर्न कम्पनीलाई प्रोत्साहन मिलेको बीवाइडीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register