राजु पाण्डेको मुद्दाको पेसी बुधबारका लागि तोकियो

ललितपुर । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेको मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनमा बुधबारका लागि पेसी तोकिएको छ । पाण्डेको मुद्दा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको अदालतकी प्रवक्ता पार्वती हितानले नेपालभ्युजलाई जानकारी दिइन् । कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए […]

Jun 17, 2025 - 12:01
 0
राजु पाण्डेको मुद्दाको पेसी बुधबारका लागि तोकियो

ललितपुर । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेको मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनमा बुधबारका लागि पेसी तोकिएको छ ।

पाण्डेको मुद्दा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको अदालतकी प्रवक्ता पार्वती हितानले नेपालभ्युजलाई जानकारी दिइन् ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । पाण्डेले आफूमाथि कारबाही गरेको आरोप लगाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

पाण्डेले कामपा, मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ, महानगरीय प्रहरी बल, हालका कामपा प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register