बबरमहलको फुटपाथ निर्माण कार्य महिनौँदेखि अलपत्र, सडक विभाग बेखबर, सास्तीमा पैदलयात्री (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ । काठमाडौँको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ । पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू नै झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य […]

Mar 4, 2025 - 03:12
 0
बबरमहलको फुटपाथ निर्माण कार्य महिनौँदेखि अलपत्र, सडक विभाग बेखबर, सास्तीमा पैदलयात्री (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ । काठमाडौँको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ । पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू नै झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन् ।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्काए पनि निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ । बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो । यो खण्ड सिंहदरबारको नजिकै पर्छ । जहाँ नीति-निर्मातादेखि उच्च पदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ । फुटपाथ  प्रयोग गर्नै गाह्रो छ । आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन् । जसले जोखिम झन् बढाएको छ ।  

बबरमहल खण्डको अर्को विडम्बना के छ भने, यही क्षेत्रमा सडक विभागको कार्यालय छ । जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ । तर, आफ्नै चोकको हालत दयनीय हुनु दुर्भाग्यपूर्ण होइन र ? यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन्। पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारण मात्र होइन, कानुनी क्षेत्रका पेशाकर्मीहरू पनि सास्ती खेपिरहेका छन् ।  

नेपाल विद्युत प्राधिकरण (एनईए) ले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याउने काम गरिरहेको छ । यो काम अत्यावश्यक भए पनि, निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ । जबसम्म भूमिगत प्रसारण लाइनको काम सम्पन्न हुँदैन, तबसम्म फुटपाथ निर्माणले गति लिन नसक्ने देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register