रोयल च्यालेन्जर्स बेंग्लुरूसँ पञ्जाब किंग्स ५ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लुरूमाथि पञ्जाब किंग्सले सहज जित निकालेको छ । आइपीएल अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले बेंग्लुरूविरूद्ध ५ विकेटको सहज जित निकालेको हो । बेंग्लुरूको एम. चिन्नास्वामी स्टेडियममा वर्षाका कारण समयमै सुरू हुन नसक्दा १४ ओभरमा झारिएको खेलमा बेंग्लुरूले दिएको ९६ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर १२.१ […]

Apr 19, 2025 - 04:41
 0
रोयल च्यालेन्जर्स बेंग्लुरूसँ पञ्जाब किंग्स ५ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लुरूमाथि पञ्जाब किंग्सले सहज जित निकालेको छ ।

आइपीएल अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले बेंग्लुरूविरूद्ध ५ विकेटको सहज जित निकालेको हो ।

बेंग्लुरूको एम. चिन्नास्वामी स्टेडियममा वर्षाका कारण समयमै सुरू हुन नसक्दा १४ ओभरमा झारिएको खेलमा बेंग्लुरूले दिएको ९६ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर १२.१ ओभरमा पूरा गर्‍यो ।

पहिले ब्याटिङ गरेको बेंग्लुरूले  ९ विकेट गुमाएर ९५ रन जोडेको थियो ।

पञ्जाबका लागि नट आउट ३३ रन बनाएका नेहाल वाधेराले १९ बलमा ३ चौका र ३ छक्का हाने ।

प्रियान्स आर्याले १६, प्रबशिमरन सिंहले १३  र जोश इंग्लिसले १४ रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

बलिङतर्फ बेंग्लुरूका जोश हेजलउडले तीन र भूवेनश्वर कुमारले २ विकेट लिए ।

बेंग्लुरूका लागि अर्धशतक बनाएका टिम डेविडले २६ बलमा ५ चौका र तीन छक्का प्रहार गरी ५० रन जोडे । कप्तान रजत पाटीदारले २३ रन बनाए भने विराट कोहली १ रनमै आउट भए ।

बलिङतर्फ पञ्जाबका अर्शदीप सिंह, मार्को जनसेन, युजवेन्द्र चाहल र हरप्रीत सिंहले २/२ विकेट लिए भने जेभियर बार्टलेटले एक विकेट लिए ।

जितपछि पञ्जाब किंग्स ७ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेंग्लुरू ८ अंकसहित चौथो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register