मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइयो (तस्वीरहरू)

काठमाडौं । मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइएको छ । अहिले बाउन्ड्री मिलाउने र मैदानबाट पानी सुकाउने काम भइरहेको हो । मैदानमा भित्र र बाहिर अहिले दर्शकहरु आउने क्रम जारी छ । पछिल्लो एक घण्टा देखि पानी रोकिएको छ । मैदानको अर्को निरीक्षण भने साढे १ मा हुने क्यानले जनाएको छ । आईसीसी यू-१९ विश्वकप […]

Apr 19, 2025 - 08:47
 0
मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइयो (तस्वीरहरू)

काठमाडौं । मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइएको छ ।

अहिले बाउन्ड्री मिलाउने र मैदानबाट पानी सुकाउने काम भइरहेको हो । मैदानमा भित्र र बाहिर अहिले दर्शकहरु आउने क्रम जारी छ ।

पछिल्लो एक घण्टा देखि पानी रोकिएको छ । मैदानको अर्को निरीक्षण भने साढे १ मा हुने क्यानले जनाएको छ ।

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुने निर्णायक खेल वर्षाका कारण प्रभावित भएको थियो । खेल बिहान साढे ९ बजेदेखि हुने तय भए पनि वर्षाका कारण प्रभावित भएको हो ।

काठमाडौं उपत्यकालगायत देश विभिन्न ठाउँमा शनिवार बिहानैदेखि भइरहेको वर्षका कारण मैदान भिजेपछ टस र खेल समयमा सुरु हुन सकेको थिएन ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जिते पनि नेट रनरेटमा अफगानिस्तान अगाडि छ । आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।

(मुलपानी क्रिकेट मैदानको तस्वीर)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register