सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी […]

Apr 19, 2025 - 04:44
 0
सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् ।

उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन् ।

यसैगरी, सचिवमा उर्वसी बस्न्यातले १०७ मत सहित विजयी हुदाँ सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएकी छन् । तामाङले १२० मत पाउँदा उनकी प्रतिद्वन्द्वी मन्जिमा ढकालले १०५ मत पाइन् ।

यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register