इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

झापा, ६ बैशाख । इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै [...] The post इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा appeared first on Jhapa Online.

Apr 19, 2025 - 12:21
 0
इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

झापा, ६ बैशाख । इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन ।

अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान गरेर हुर्काए ।

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साझ ८ बजेबाट दिने रियालीटी सो मा ४ कोचहरु मध्ये कोच राजुको टिमबाट तथा हजारौ प्रतिस्पर्धीहरुलाई पछि पार्दै डिजिटल राउन्ड , ब्लाइन्ड राउन्ड , लाइभ राउन्ड हुँदै फाइनल राउन्डमा पुगेका छन प्रमेश । उनी २०७५ सालबाट औपचारिक संगित शिक्षा सिक्न थालेका हुन । झापा बिर्तामोडमा रहेको सरगम संगितालयमा दिपक रायमाझी सँग संगित सिकेका राइले अहिले काठमाडौ स्थित पुरानो बानेश्वरमा रहेको धुन कला केन्द्रमा कैलाश राई सँग संगित सिक्दै गरेको प्रमेशले बताए । हाल संगितकै विषयमा व्याचलर गर्दओ गरेका प्रमेशले आफ्नो जिल्लावाशीहरुलाई भोट दिएर The voice को उपाधी जिताउन आग्रह समेत गरेका छन ।

प्रमेशकै स्थानीय तह रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे ।
गत सिजनको उपाधी पनि इलामकै विनोद राईले जितेका थिए ।

The post इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register