अमेरिकाले ‘डिपोर्ट’ गरेका तीनजना नेपाली काठमाडौँ आइपुगे

झापा, ७ बैशाख । अमेरिकाले ‘डिपोर्ट’ गरेका तीन जना नेपाली शनिबार काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमान जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाजमार्फत् डिपोर्ट हुनेमा चापागाईं, चौधरी र बुढा थरका एक–एक जना रहेका अध्यागमन कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपाली डिपोर्ट भएका हुन्। यसअघि गएको फागुन २१ [...] The post अमेरिकाले ‘डिपोर्ट’ गरेका तीनजना नेपाली काठमाडौँ आइपुगे appeared first on Jhapa Online.

Apr 20, 2025 - 03:24
 0
अमेरिकाले ‘डिपोर्ट’ गरेका तीनजना नेपाली काठमाडौँ आइपुगे

झापा, ७ बैशाख । अमेरिकाले ‘डिपोर्ट’ गरेका तीन जना नेपाली शनिबार काठमाडौँ आइपुगेका छन् ।

अमेरिकी चार्टर्ड विमान जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाजमार्फत् डिपोर्ट हुनेमा चापागाईं, चौधरी र बुढा थरका एक–एक जना रहेका अध्यागमन कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपाली डिपोर्ट भएका हुन्।

यसअघि गएको फागुन २१ गते अमेरिकाले डिपोर्ट गरेका आठ जना र त्यसअघि पनि २७ जना नेपालीलाई लिएर अमेरिकी चार्टर्ड विमान नेपाल आएको थियो। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही र जरिवाना गर्ने भएकाले नेपालमा भने उनीहरुलाई कुनै कारबाही हुनेछैन। पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ।

The post अमेरिकाले ‘डिपोर्ट’ गरेका तीनजना नेपाली काठमाडौँ आइपुगे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register