मेचीनगरमा आगलागी हुँदा ११ लाखको क्षति
झापा, ६ जेठ । झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो । विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर [...] The post मेचीनगरमा आगलागी हुँदा ११ लाखको क्षति appeared first on Jhapa Online.

झापा, ६ जेठ । झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो ।
विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
The post मेचीनगरमा आगलागी हुँदा ११ लाखको क्षति appeared first on Jhapa Online.
What's Your Reaction?






