जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

पोखरा, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका–३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका–५ गुल्मीका ६४ वर्षीया दिलकुमारी [...] The post जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते appeared first on Jhapa Online.

Mar 5, 2025 - 08:33
 0
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

पोखरा, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका–३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका–५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।

घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’

The post जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register