नियम उल्लंघन गरेपछि राष्ट्रिय वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, सिइओलाई गराइयो सचेत  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गरेको भन्दै सरकारी स्तरको राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरिएको हो ।  चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा निर्देशन उल्लंघन गरेको पाइएपछि राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका […]

May 1, 2025 - 05:19
 0
नियम उल्लंघन गरेपछि राष्ट्रिय वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, सिइओलाई गराइयो सचेत  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गरेको भन्दै सरकारी स्तरको राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरिएको हो । 

चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा निर्देशन उल्लंघन गरेको पाइएपछि राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरी केन्द्रीय बैंकको नीतिको पालना नगरेको, कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि कारवाही गरिएको हो । 

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई पहिलो पटकका लागि सचेत गराएको छ । राष्ट्रिय वाणिज्य बैंकसहित राष्ट्र बैंकले अन्य पाँच वाणिज्य बैंकलाई पनि कारवाही गरेको छ । राष्ट्र बैंकको कारवाहीमा पर्नेमा लक्ष्मी सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register