अफिमसहित तीन जना र ब्राउनसुगरसहित एक जना पक्राउ

संखुवासभा, ७ बैशाख । संखुवासभाको धर्मदेवी नगरपालिका ४ स्थितबाट अफिमसहित ३ जना र बिराटनगर १५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका ४ का रामबहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका [...] The post अफिमसहित तीन जना र ब्राउनसुगरसहित एक जना पक्राउ appeared first on Jhapa Online.

Apr 20, 2025 - 08:24
 0
अफिमसहित तीन जना र ब्राउनसुगरसहित एक जना पक्राउ

संखुवासभा, ७ बैशाख । संखुवासभाको धर्मदेवी नगरपालिका ४ स्थितबाट अफिमसहित ३ जना र बिराटनगर १५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका ४ का रामबहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका ६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो ।

यसैगरी, मोरङको बिराटनगर १५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका २ का ३१ वर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ ।

The post अफिमसहित तीन जना र ब्राउनसुगरसहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register