झापामा सहकारी दिवसः सहकारी सञ्चालक र कर्मचारीमा भरियो उत्प्रेरणा

सन्तोष शर्मा झापा, २० चैत । झापामा ६८ औं सहकारी दिवस मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा बिर्तामोडमा आज ‘सहकारीमा नवप्रवर्तनको प्रबद्र्धन उत्प्रेरणात्मक कार्यक्रम’ गरी दिवस मनाइएको हो । यस वर्षको ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ आयोजित कार्यक्रमममा जिल्लाभरिका सहकारीकर्मीको बाक्लो उपस्थिति थियो । संघमा आबद्ध सदस्य सहकारीका सञ्चालक र कर्मचारीमा [...] The post झापामा सहकारी दिवसः सहकारी सञ्चालक र कर्मचारीमा भरियो उत्प्रेरणा appeared first on Jhapa Online.

Apr 2, 2025 - 13:51
 0
झापामा सहकारी दिवसः सहकारी सञ्चालक र कर्मचारीमा भरियो उत्प्रेरणा

सन्तोष शर्मा

झापा, २० चैत । झापामा ६८ औं सहकारी दिवस मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा बिर्तामोडमा आज ‘सहकारीमा नवप्रवर्तनको प्रबद्र्धन उत्प्रेरणात्मक कार्यक्रम’ गरी दिवस मनाइएको हो ।

यस वर्षको ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ आयोजित कार्यक्रमममा जिल्लाभरिका सहकारीकर्मीको बाक्लो उपस्थिति थियो । संघमा आबद्ध सदस्य सहकारीका सञ्चालक र कर्मचारीमा उत्प्रेरणा भर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गरिएको छ ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित सहकारी दिवस समारोहमा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक नारायण प्रधानले ‘सहकारीमा नवप्रवर्तनको प्रवर्धन’ विषयमा उत्प्रेरणात्मक प्रशिक्षण दिँनुहँदै सहकारीहरुले समय अनुकूल आफूलाई परिस्कृत गरेर लैजानुपर्ने बताउनुभयो । समय अनुसार चल्न र आफूलाई परिवर्तन गर्न नसक्दा धेरै पृथ्वीबाट धेरै जीव लोप भएको र हुने अवस्था आएको बताउनुभयो । उहाँले ठूला ठूला व्यावसायिक प्रतिष्ठान समेत समय अनुसार चल्न नक्दा बन्द भएको बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार संयोजक रामचन्द्र उप्रेतीले सहकारी अभियान र राज्य दुवै पक्षको साझेदारीबाट सहकारी क्षेत्रलाई समुन्नत बनाउन सकिने बताउनुभयो । उहाँले राज्य वा अरुलाई मात्र दोष दिनुभन्दा पनि सहकारी क्षेत्रमा भएका कमीकमजोरीलाई समेत हटाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन) का महासचिव घनश्याम अधिकारीले ‘अभियानको पुनर्जागरण र सहकारीको आगामी मार्गचित्र’ विषयक प्रस्तुति दिनुभएको थियो । आफ्नो प्रस्तुतिमा महासचिव अधिकारीले सहकारी अध्यादेश मार्फत संशोधित ऐन र यसले अभियानमा हुने प्रभाव, सहकारी संस्थामा सञ्चालक र लेखा समितिको सहकार्य हुन्छ कि हुँदैन ? जस्ता विषयमा प्रकाश पार्नुभएको थियो ।

नेपालमा २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भएको दिनलाई सहकारी आन्दोलनको शुरुआत भएको दिनका रूपमा स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

देशभर अहिले झन्डै ३१ हजार सहकारी संस्था रहेको तथ्याङ्क छ । सहकारीको सङ्ख्यात्मक विकास भए पनि पारदर्शितामा समस्या छ । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । नियमित सञ्चालनमा नरहेका, कम्तीमा १५ वर्षदेखि साधारणसभा र लेखा परीक्षण नगरेका सहकारीको सबै कारोबार निष्क्रिय गर्ने सरकारको तयारी छ ।

झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गर्नुभएको थियो । सहकारी अभियन्ताहरु हर्क तामाङ, मिनाकुमारी ढकाल, लक्ष्मी उप्रेती, दुर्गाप्रसाद सापकोटा, केशव सापकोटा, तुलाराम न्यौपाने, चन्द्रकुमारी खड्का, प्रशिक्षक नितेश प्रधान लगायतको आतिथ्य रहेको कार्यक्रममा संघद्वारा प्रकाशित सहकारीको चुनौती र आवश्यक कानून नामक स्मारिका समेत विमोचन गरिएको थियो ।

The post झापामा सहकारी दिवसः सहकारी सञ्चालक र कर्मचारीमा भरियो उत्प्रेरणा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register