गणतन्त्रप्रति सबै दलको सहमति भएकाले यसमा कुनै खतरा नरहेको प्रचण्डको दाबी

कुमोद अधिकारीविराटनगर, ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र प्रति कुनै खतरा नरहेको बत्ताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुरा गर्नुहुँदै उहाँले जन आधार जनमतको दृष्टिकोणले पनि नेपालमा गणतन्त्र स्थापित भइसकेको बत्ताउनुभयो । गणतन्त्रको पक्षमा हिजो पनि हामी एक थियौ र आजपनि छौ भन्नुहुँदै उहाँले [...] The post गणतन्त्रप्रति सबै दलको सहमति भएकाले यसमा कुनै खतरा नरहेको प्रचण्डको दाबी appeared first on Jhapa Online.

Apr 20, 2025 - 09:06
 0
गणतन्त्रप्रति सबै दलको सहमति भएकाले यसमा कुनै खतरा नरहेको प्रचण्डको दाबी

कुमोद अधिकारी
विराटनगर, ७ वैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र प्रति कुनै खतरा नरहेको बत्ताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुरा गर्नुहुँदै उहाँले जन आधार जनमतको दृष्टिकोणले पनि नेपालमा गणतन्त्र स्थापित भइसकेको बत्ताउनुभयो ।

गणतन्त्रको पक्षमा हिजो पनि हामी एक थियौ र आजपनि छौ भन्नुहुँदै उहाँले गणतन्त्र खतरामा पर्‍यो भनेर जुन भाष्य सृजना गर्न खोजिदै छ त्यो गलत भएको उहाँको भनाई थियो । गणतन्त्रप्रति सबै दलको सहमति रहेकाले गणतन्त्र कहिले पनि खतरामा नपर्ने उहाँको भनाई थियो ।

एक प्रश्नमा उहाँले पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउने कुनै संवैधानिक व्यवधान, वाधा अड्चनले रोकन नसक्ने बत्ताउनुभयो । उहाँले संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार पनि पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै व्यवधान नभएको प्रष्ट पार्नुभयो ।

हिजो प्रधानमन्त्री सँग शान्ती प्रक्रिया तथा गणतन्त्र प्रति सवैदलको एकमत रहेको भन्ने विषयमा मात्र छलफल भएको उहाँको भनाई थियो । उहाँले नेकपा एमाले र नेपाली कांग्रेस बिचको गंठवन्धन संविधानको भावना विपरीत भएकाले यो गठबन्धनमा जाने र यो गठबन्धनलाई समर्थन गर्ने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बत्ताउनुभयो ।

The post गणतन्त्रप्रति सबै दलको सहमति भएकाले यसमा कुनै खतरा नरहेको प्रचण्डको दाबी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register