धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

काठमाडौँ, १६ चैत । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ [...] The post धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ appeared first on Jhapa Online.

Mar 29, 2025 - 07:44
 0
धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

काठमाडौँ, १६ चैत । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले गत साउन १४ गते उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।

The post धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register