पाल्पामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु, चारजना घाइते

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आइतबार साँझ जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । लु १ ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारूको दुर्घटनामा परी […]

Apr 21, 2025 - 01:08
 0
पाल्पामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु, चारजना घाइते

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आइतबार साँझ जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

लु १ ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारूको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा नौजना सवार थिए । घाइते मध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register