कतै देखिएनन् आर्थिक मामिलामन्त्री काफ्ले, सारिएको समयमा पनि सुरु हुन सकेन बजेट भाषण

हेटौंडा । बागमती प्रदेशमा साँझ साढे ६ बजेका लागि निर्धारण गरिएको बैठक बस्न सकिरहेको छैन । यसले गर्दा बागमती सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सकिरहेको छैन । बजेट प्रस्तुत गर्न आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले नै प्रदशसभामा आइपुगेनन् । निर्धारित समयमा साँझ ७ बजे नै सबै मन्त्री आइपुगेका थिए । […]

Jun 15, 2025 - 15:02
 0
कतै देखिएनन् आर्थिक मामिलामन्त्री काफ्ले, सारिएको समयमा पनि सुरु हुन सकेन बजेट भाषण

हेटौंडा । बागमती प्रदेशमा साँझ साढे ६ बजेका लागि निर्धारण गरिएको बैठक बस्न सकिरहेको छैन । यसले गर्दा बागमती सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न सकिरहेको छैन ।

बजेट प्रस्तुत गर्न आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले नै प्रदशसभामा आइपुगेनन् । निर्धारित समयमा साँझ ७ बजे नै सबै मन्त्री आइपुगेका थिए । यसपछि बजेट भाषण सुरु हुने छाँट नदेखेपछि उनीहरू लाखापाखा लागेका थिए ।

साँझ साढे ५ बजे मन्त्रिपरिषद्को बैठक बसेर बजेट स्वीकृत गरिने कार्यक्रम तय भएको थियाे । तर साे बैठकसमेत बस्न सकेन ।

अर्थमन्त्रीलाई नदेखेपछि आफूहरू त्यहाँबाट हिँडेको वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बताए ।

अब बजेट राति ९ बजेपछि प्रदेशसभामा प्रस्तुत गरिने आर्थिक मामिलामन्त्रीनिकट स्रोतले जनाएको छ ।

यसअघि आइतबार दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने समय तालिका बनाइएको भए पनि बजेट निर्माण प्रक्रियामा दलहरूबीच समस्या देखिएपछि समय सारिएको थियो । साँझ साढे ६ बजे तय भएको समय पनि सरको हो ।

सरकारसँग ६४ अर्बको बजेट ल्याउने सबै दलहरूसँग छलफल भए पनि सरकारले प्रतिपक्षी दलहरूसँगको छलफललाई बेवास्ता गरी ७२ अर्बको बजेट ल्याउन लागेकाले असहमति रहेको एक जना विपक्षी दलका प्रदेशसभा सदस्यले बताए ।

बागमती सरकारले चालु आवमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register