महिला टोलीका लागि प्रो-लाइसेन्स प्रशिक्षक ल्याउँदै एन्फा, दरखास्त आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय महिला टिमका लागि प्रमुख प्रशिक्षक तथा प्रदर्शन विश्लेषकको पदमा दरखास्त आह्वान गरेको छ । सङ्घले सोमबार एक सूचना जारी गर्दै योग्य र अनुभव सम्पन्न उम्मेदवारहरूलाई ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको हो । महिला टोलीका लागि पहिलो पटक प्रो–लाइसेन्स भएको प्रशिक्षक खोजिएको हो । सूचनामा महिला टिमका […]

Apr 21, 2025 - 08:03
 0
महिला टोलीका लागि प्रो-लाइसेन्स प्रशिक्षक ल्याउँदै एन्फा, दरखास्त आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय महिला टिमका लागि प्रमुख प्रशिक्षक तथा प्रदर्शन विश्लेषकको पदमा दरखास्त आह्वान गरेको छ ।

सङ्घले सोमबार एक सूचना जारी गर्दै योग्य र अनुभव सम्पन्न उम्मेदवारहरूलाई ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको हो । महिला टोलीका लागि पहिलो पटक प्रो–लाइसेन्स भएको प्रशिक्षक खोजिएको हो ।

सूचनामा महिला टिमका प्रमुख प्रशिक्षकको पदका लागि प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक आवश्यक पर्नेछ, जसले पेशागत स्तरमा महिला टिम वा युथ राष्ट्रिय टिमसँग कम्तीमा दुई वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । यसबाहेक प्रशिक्षकको सफलताको प्रमाणित ट्र्याक रेकर्ड हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, प्रदर्शन विश्लेषक (पर्फमेन्स एनालिस्ट)को लागि फुटबलसम्बन्धी फिटनेस कोर्स लेभल १ र डेटा विश्लेषणमा मान्यता प्राप्त संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यो पदका लागि न्यूनतम एक वर्षको अनुभव आवश्यक रहेको छ ।

उम्मेदवारहरूले आफ्नो बायोडाटा, कभर लेटर र शैक्षिक प्रमाणपत्रसहित आवेदन दिने पद उल्लेख गर्दै एन्फाको आधिकारिक इमेल anfatechnicaldivision@the-anfa.com मा पठाउन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८२ साल जेठ ७ गते (२० मे २०२५) तोकिएको छ ।

अधिक जानकारी आवश्यकताहरू र पद विवरण एएनएफएको आधिकारिक वेबसाइट www.the-anfa.com बाट प्राप्त गर्न सकिनेछ ।

एन्फाले छनोट प्रक्रिया, सेवा सुविधा र मापदण्डहरू आफ्नो नियमावलीअनुसार तय गर्ने जनाएको छ । केवल प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register