नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि !

काठमाडौँ । नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि भएको छ । बैंकका सञ्चालक डा. चन्द्रबहादुर अधिकारीले ऋणीसँग घुस लिएको पुष्टि भएको हो । पदको दुरुपयोग गर्दै ऋणीलाई बैंकबाट ऋण मिलाइदिने भन्दै अधिकारीले घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले सञ्चालक अधिकारीलाई कारवाही गर्ने निर्णय गरेको छ । उनलाई राष्ट्र बैंक ऐनअनुसार सञ्चालक समितिले पाँच लाख […]

Apr 21, 2025 - 08:57
 0
नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि !

काठमाडौँ । नेपाल बैंकका सञ्चालकले घुस खाएको पुष्टि भएको छ । बैंकका सञ्चालक डा. चन्द्रबहादुर अधिकारीले ऋणीसँग घुस लिएको पुष्टि भएको हो ।

पदको दुरुपयोग गर्दै ऋणीलाई बैंकबाट ऋण मिलाइदिने भन्दै अधिकारीले घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले सञ्चालक अधिकारीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

उनलाई राष्ट्र बैंक ऐनअनुसार सञ्चालक समितिले पाँच लाख रुपैयाँ जरिवाना तिराउने निर्णयसहितको पत्र नेपाल बैंकलाई पठाएको राष्ट्र बैंकको अधिकारीले बताएका छन् । घुस प्रकरण बाहिरिनुअघि उनी नेपाल बैंकका अध्यक्ष थिए । घुस प्रकरणमा विवादित बनेपछि उनलाई अर्थ मन्त्रालयले अध्यक्ष पदबाट हटाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register