गर्मीमा किन महिलालाई बढी थकान महसुस हुन्छ ?

काठमाडौं । गर्मीको मौसमले सबैलाई असर गर्छ, तर केही अनुसन्धानले देखाएको छ कि महिलाहरूले पुरुषको तुलनामा बढी गर्मी महसुस गर्छन् र छिटो थाक्छन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार महिलाहरू बढी गर्मी महसुस गर्छन् । हर्मोनको कारण समस्या गर्मीको मौसममा जब पसिना निस्कन्छ, शरीरमा पानीको कमी हुन थाल्छ । यसले डिहाइड्रेसनको समस्या […]

Apr 21, 2025 - 11:01
 0
गर्मीमा किन महिलालाई बढी थकान महसुस हुन्छ ?

काठमाडौं । गर्मीको मौसमले सबैलाई असर गर्छ, तर केही अनुसन्धानले देखाएको छ कि महिलाहरूले पुरुषको तुलनामा बढी गर्मी महसुस गर्छन् र छिटो थाक्छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार महिलाहरू बढी गर्मी महसुस गर्छन् ।

हर्मोनको कारण समस्या

गर्मीको मौसममा जब पसिना निस्कन्छ, शरीरमा पानीको कमी हुन थाल्छ । यसले डिहाइड्रेसनको समस्या हुन्छ, जसकारण इलेक्ट्रोलाइट्सको मात्रा घट्छ । यसले शरीरको नुन र पानीको सन्तुलन बिगार्छ, जसको असर मांसपेशी कमजोरी र थकानको रूपमा देखिन्छ ।

महिलामा भने यो प्रभाव अझ धेरै हुन्छ । महिलामा यसको एउटा ठूलो कारण मासिक चक्र पनि हो । यसका कारण हर्मोनको स्तर घट्ने–बढ्ने हुन्छ, जसले उनीहरूको ऊर्जा स्तरलाई प्रभावित गर्छ ।

प्रायः महिनावारी, गर्भावस्था र मेनोपजको समयमा महिलाहरूलाई यस मौसममा बढी गर्मी लाग्छ, थकान महसुस हुन्छ र रिँगटा लाग्न थाल्छ ।

निद्राको कमी : अर्को मुख्य कारण

अनुसन्धानले देखाएको छ कि महिलालाई पुरुषको तुलनामा औसतमा ८ मिनेट बढी निद्राको आवश्यकता हुन्छ । तर, सामाजिक जिम्मेवारी, तनाव वा हर्मोनल उतारचढावका कारण महिलामा निद्राको गुणस्तर कम हुने गर्छ । यसले थकान र मानसिक तनाव बढाउँछ ।

साथै, महिलाहरूको सर्केडियन रिदम पुरुषहरूको तुलनामा झन्डै ६ मिनेट अगाडि हुन्छ, जसकारण उनीहरूलाई चाँडो सुत्न र चाँडो उठ्न मन लाग्ने हुन्छ । जब यो तालिका बिग्रन्छ, तब उनीहरूको ऊर्जा स्तर प्रभावित हुन्छ ।

गर्मीमा थकान महसुस हुनुको पछाडि केही मेडिकल अवस्था पनि जिम्मेवार हुनसक्छ । महिलाहरूमा प्रायः रगतको कमी देखिन्छ । जब कुनै व्यक्ति एनिमियाको सिकार हुन्छ, उसलाई थकान महसुस हुन्छ । त्यसैगरी यदि कुनै महिला हाइपोथाइरोइडिज्म वा क्रोनिक फटिग सिन्ड्रोमको समस्या छ भने पनि धेरै गर्मी हुने गर्दछ ।

कसरी राख्ने ध्यान ?

गर्मीमा आफ्नो धेरै ख्याल राख्नुहोस् । यस मौसममा प्रशस्त पानी पिउनुहोस् । यसबाहेक जुस, नरिवलको पानी, लस्सी, मोही, कागतीको पानी, तरबुजा, काँक्रो, खरबुजा आहारमा समावेश गर्नुहोस् । गर्मीमा एक्कासी व्यायाम सुरु नगर्नुहोस् । जङ्क फूडबाट टाढा रहनुहोस् । जीवनजल पनि लिनुहोस्, यसले इलेक्ट्रोलाइट्स सन्तुलित राख्छ । पर्याप्त निद्रा लिनुहोस्, मेडिटेसन गर्नुहोस्, जसले तनाव हटाउँछ । खुकुलो र हल्का रङ्गको कपडा लगाउनुहोस् ।

महिलाले बढी गर्मी महसुस गर्नु वा छिटो थकान अनुभव गर्नुका पछाडि हर्मोनल, शारीरिक र सामाजिक कारणहरू जिम्मेवार छन् । यदि समयमा सही खानपान, पर्याप्त निद्रा र स्वास्थ्य परीक्षणमा ध्यान दिइयो भने गर्मीको असरलाई कम हुन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register