बेलायतले मौरिससलाई चागोस टापु हस्तान्तरण गर्‍यो

काठमाडौं । बेलायतले हिन्द महासागरमा अवस्थित चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेको छ । चागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया, ब्रिटिश र अमेरिकी सेनाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक आधार हो । बेलायतले यो कदमले सुरक्षाको लागि महत्त्वपूर्ण अमेरिकी-ब्रिटिश सैन्य अड्डाहरूको भविष्य सुनिश्चित गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । यही कारणले गर्दा […]

May 23, 2025 - 08:29
 0
बेलायतले मौरिससलाई चागोस टापु हस्तान्तरण गर्‍यो

काठमाडौं । बेलायतले हिन्द महासागरमा अवस्थित चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेको छ ।

चागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया, ब्रिटिश र अमेरिकी सेनाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक आधार हो ।

बेलायतले यो कदमले सुरक्षाको लागि महत्त्वपूर्ण अमेरिकी-ब्रिटिश सैन्य अड्डाहरूको भविष्य सुनिश्चित गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

यही कारणले गर्दा डिएगो गार्सिया अझै पनि बेलायत र अमेरिकाको नियन्त्रणमा रहनेछ । यो टापु धेरै वर्षसम्म बेलायती कब्जामा थियो । यस विषयमा दुई देशबीच लामो समयदेखि वार्ता भइरहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register