एकता अधिवेशन तोकिएको मितिमै गर्न सर्वोच्चको निर्देशन (पत्र सहित)

काठमाडौँ –  सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन तोकिएको मितिमै गर्न निर्देशन दिएको छ। निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माले सोमबार एनआरएनएको सचिवालयलाई पत्राचार गर्दै फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न  चेतावनी दिएका छन् । एनआरएनए  उच्चस्तरीय समितिले यही बैशाख २० देखि २२ (३-५ मे, २०२५) मा […]

Apr 21, 2025 - 18:54
 0
एकता अधिवेशन तोकिएको मितिमै गर्न सर्वोच्चको निर्देशन (पत्र सहित)

काठमाडौँ –  सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन तोकिएको मितिमै गर्न निर्देशन दिएको छ।

निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माले सोमबार एनआरएनएको सचिवालयलाई पत्राचार गर्दै फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न  चेतावनी दिएका छन् ।

एनआरएनए  उच्चस्तरीय समितिले यही बैशाख २० देखि २२ (३-५ मे, २०२५) मा काठमाडौँमा एकताको महाधिवेशन गर्न तयारी तीव्र पारिरहंदा सर्वोच्चले त्यस्तो पत्र पठाएको हो।

पत्रमा एनआरएनए सचिवालयले सर्वोच्चको आदेश अनुसार काम कारबाही भइरहेको बताए पनि उच्चस्तरीय समितिलाई सचिवालय हस्तान्तरण नगरेको विषयलाई गम्भीरताका साथ लिएको उल्लेख छ । पत्रमा अगाडि भनिएको छ, ‘गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिको च.नं. २०८१-०८२–२६ मिति २०८१।१२।१९ को पत्र व्यहोरा हेर्दा गैरआवासीय नेपाली संघको सचिवालय हस्तान्तरण गर्न सक्दैनौ भनी जवाफ फर्काएको भन्ने र च.नं. २७।०८१।८२ मिति २०८२-१-०८ मा यस निर्देशनालयमा पेश गरेको उच्चस्तरीय समितिको प्रगति विवरणमा मिति २०८१।८।४ देखि मिति २०८१।१२।३१ सम्म चौधौपटक बैठक बसी उच्चस्तरीय समितिले सम्मानित सर्वोच्च अदालतले तोकिएको समयावधि भित्र कार्य सम्पन्न कार्ययोजना साथ अगाडि बढिरहेको र निर्धारित मिति भित्र कार्य सम्पन्न गर्न प्रतिबद्ध रहेको भनी मिति २०८२-१-०८ मा श्री गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिको पत्रमा उल्लेख गरे बमोजिम नै गर्नु र सम्मानित सर्वोच्च अदालतको मिति २०८०।१२।२१को आदेशानुसार तोकिएको मितिमा नै महाधिवेशन गर्नु गराउनु’ भन्ने उल्लेख छ ।

बद्री केसी पक्षले अहिले काठमाडौंमा राजनीतिक नेतृत्वसँग भेटघाट  गरी महाधिवेशनमा बाधा अड्चन उत्पन्न गर्न खोजि रहेका बेला फैसला कार्यान्वयन निर्देशनालयको पत्र आएको हो । निर्देशनालयले यो सहित चौथो पटक पत्र पठाएर सचिवालय हस्तान्तरण गरी अधिवेशनमा सहभागि हुन केसी पक्षलाई निर्देशन दिएको हो।

“अदालतको आदेशको पालना गर्नु कुनै पनि सभ्य समाज र लोकतान्त्रिक पद्धतिको अनिवार्य सर्त हो।  बद्री केसी जी र साथी हरुले अब थप ढीला नगरी उच्च स्तरीय समितिलाई सचिवालय हस्तान्तरण गर्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं,” उच्चस्तरीय समितिकी सदस्य तथा प्रचार प्रसार उपसमितिकी संयोजक रबिना थापाले भनिन्।  उनले उच्चस्तरीय समितिका सबै सदस्यहरुलाई समितिको बैठकमै बसेर निकास निकाल्न पनि आग्रह गरिन्।

सर्वोच्चको परमादेश र पटकपटकको निर्देशन समेत पालना नगर्दा अदालतको मानहानी हुने भएकाले अब संघको बालुवाटारस्थित सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्नु बाहेक अर्को विकल्प बद्री केसी पक्षसंग नरहेको कानूनविद्हरुले जनाएका छन्।

पत्र-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register