कोलकातामाथिको जितसँगै गुजरात शीर्ष स्थानमा कायमै

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमै कायम रहन सफल भएको छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरात शीर्ष स्थानमा कायमै रहेको हो । यससँगै शीर्ष स्थानमा रहेको गुजरातले प्रतियोगितामा छैटौं जित निकालेको छ । उसले १२ अङ्क जोडेको छ । इडेन गार्डेनमा जितका लागि […]

Apr 22, 2025 - 01:56
 0
कोलकातामाथिको जितसँगै गुजरात शीर्ष स्थानमा कायमै

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमै कायम रहन सफल भएको छ ।

सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरात शीर्ष स्थानमा कायमै रहेको हो ।

यससँगै शीर्ष स्थानमा रहेको गुजरातले प्रतियोगितामा छैटौं जित निकालेको छ । उसले १२ अङ्क जोडेको छ ।

इडेन गार्डेनमा जितका लागि १९९ रनको चुनौती पछ्याएको घरेलु टोली कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा समेटियो ।

ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल रारायण २७ रनमा आउट भए । लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए ।

कप्तान अजिक्य राहाणे अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए । उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे । यतिबेला कोलकाताले ४ विकेटको नोक्सानीमा मात्र ९१ रन बनाएको थियो ।

त्यसपछि अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । आन्द्रे रसेलले २१ रन बनाउँदा अङकृश रघुवंशी २७ रनमा अविजित रहे । गुजरातका प्रसिद्ध कृष्णा र रसिद खानले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतारेको थियो । गुजरातले कोलकाताका बलरहरूलाई निरीह बनाउँदै सानदार सुरुवात गरे ।
गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १९८ रन बनायो । ओपनर साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे ।

यी दुईले १२ ओभर २ बलमा ११४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरुवात दिलाउन सफल रहे । ३६ बलमा ५२ रन जोडेर साई आउट भए भने आन्द्रे रसेलले साझेदारी तोड्दै साईलाई आउट गरे।

त्यसपछि जोश बटलरले शुभमनलाई साथ दिए । दोस्रो विकेटका लागि उनीहरूले ५८ रनको साझेदारी गरे ।

गिल शतकबाट १० रनले चुके । सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए ।

जोस बटलर २३ बल खेल्दै ४१ रनमा अविजित रहे । यस्तै शाहरुख खानले अविजित ११ रन जोडे । कोलकाताका मात्र दुई बलर आन्द्रे रसेल र वैभव अरोराले १/१ विकेट लिए ।

यस जितसँगै गुजरातले दोस्रो स्थानमा रहेको दिल्लीसँगको दूरी २ अङ्कले बढाएको छ । यद्यपि दिल्लीले १ खेल कम खेलेको छ ।

अङ्क तालिका :

आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि मुम्बईको सहज जित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register