सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन ६९ सयले बढ्यो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६९ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६९ सय  रुपैयाँले बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । […]

Apr 22, 2025 - 06:38
 0
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन ६९ सयले बढ्यो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६९ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६९ सय  रुपैयाँले बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य  एक लाख  ६९ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register