दानव नदीमा बेपत्ता भएका तीन बालकको शव निकालियो

काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका तीन बालकको शव भेटिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार तीन बालक बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरले मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव निकालेको हो । उनीहरुको खोजीको लागि राति नै सशस्त्र प्रहरी […]

Apr 22, 2025 - 07:17
 0
दानव नदीमा बेपत्ता भएका तीन बालकको शव निकालियो

काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका तीन बालकको शव भेटिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार तीन बालक बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलको गोताखोरले मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव निकालेको हो । उनीहरुको खोजीको लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो ।

बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register