शिक्षकहरूलाई आन्दोलन नछोड्न प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक धोका भएको भन्दै आन्दोलन नछोड्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले शिक्षकहरूका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलन नछोड्न भनेका हुन् । धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन उनको आग्रह छ । ‘‍ ‘तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको […]

Apr 22, 2025 - 10:47
 0
शिक्षकहरूलाई आन्दोलन नछोड्न प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक धोका भएको भन्दै आन्दोलन नछोड्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले शिक्षकहरूका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलन नछोड्न भनेका हुन् ।

धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन उनको आग्रह छ । ‘‍ ‘तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ,’ प्रचण्डले भने ।

शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिनु शिक्षकका माग सम्बोधनका लागि सरकार गैरजिम्मेवार रहेको हर्को प्रमाण रहेको उनले बताए । ‘अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कति धेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ,’ प्रचण्डले भने ।

शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register