नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि भृकुटीमण्डपमा

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको आयोजनामा १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । क्यालेन्डर इभेन्टको रूपमा स्थापित यो मेला वैशाख २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बङ्गलादेश र थाइल्याण्डका व्यवसायीहरूको सहभागिता रहनेछ । करिब ३०० बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु […]

Apr 22, 2025 - 11:05
 0
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि भृकुटीमण्डपमा

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको आयोजनामा १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

क्यालेन्डर इभेन्टको रूपमा स्थापित यो मेला वैशाख २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बङ्गलादेश र थाइल्याण्डका व्यवसायीहरूको सहभागिता रहनेछ ।

करिब ३०० बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाहरूको प्रदर्शनी गरिनेछ । चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रोनिक्स, अटोमोबाइल्स, फूड एण्ड बेभरेज, किचनवेयर, गार्मेन्ट्स र स्मार्टवाच प्रदर्शनीमा रहने छन् भने पाकिस्तान र बङ्गलादेशबाट गार्मेन्ट्स र लेदरका स्टलहरू रहनेछन् ।

‘मेड इन नेपाल’ पेभिलियन, हस्तकला उत्पादन, वस्तुगत सङ्घहरूका उत्पादन तथा विद्युतीय सवारीसाधनहरू (EV) समेत मेलामा प्रदर्शित गरिनेछ । अन्तर्राष्ट्रिय खरिदकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसहित मेलामा व्यवसायिक सूचना, कृषि, ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, शिक्षा र निर्माण क्षेत्रसम्बन्धी छुट्टाछुट्टै स्टल रहनेछन् ।

मेलामा करिब २० हजार स्वदेशी तथा विदेशी अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ । यस वर्ष देशभर आयोजना भएका प्रादेशिक, जिल्ला र वस्तुगत मेलाहरूबाट छनोट भएका उत्कृष्ट स्टलहरूलाई नि:शुल्क स्थान प्रदान गरिनेछ ।

मेलाको मुख्य प्रायोजक आइएमई पे र सह–प्रायोजक हेरिटेज कार्पेट रहेका छन् । जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकका लागि निःशुल्क प्रवेश र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register