प्रथम नौमति बाजा गुल्मी यूकेको वार्षिकोत्सवमा आशा अपांग केन्द्रलाई सहयोग

लन्डन- बेलायतस्थित प्रथम नौमति बाजा गुल्मी यूकेले गुल्मी जिल्लाको तम्घासस्थित आशा अपांग केन्द्रलाई ५५ हजार पाँच सय ५५ रुपैंया सहयोग गरेको छ। नयाँ वर्ष २०८२ एवम् आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर पठाइएको सहयोग मंगलबार केन्द्रलाई हस्तान्तरण गरिएको हो। नौमति बाजा समूहका सदस्यहरु इन्द्र ढेंगा मगर र पदम गुरूङले आशा अपाङ्ग केन्द्रका व्यवस्थापक अमृत रसाईलीलाई […]

Apr 22, 2025 - 16:31
 0
प्रथम नौमति बाजा गुल्मी यूकेको वार्षिकोत्सवमा आशा अपांग केन्द्रलाई सहयोग

लन्डन- बेलायतस्थित प्रथम नौमति बाजा गुल्मी यूकेले गुल्मी जिल्लाको तम्घासस्थित आशा अपांग केन्द्रलाई ५५ हजार पाँच सय ५५ रुपैंया सहयोग गरेको छ।

नयाँ वर्ष २०८२ एवम् आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर पठाइएको सहयोग मंगलबार केन्द्रलाई हस्तान्तरण गरिएको हो।

नौमति बाजा समूहका सदस्यहरु इन्द्र ढेंगा मगर र पदम गुरूङले आशा अपाङ्ग केन्द्रका व्यवस्थापक अमृत रसाईलीलाई एक कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरे।

विदेशमा रहेर पनि जिल्लाका असहाय तथा अपाङ्गता भएकाहरुको लागि प्रथम नौमती बाजा यूकेले निरन्तर सहयोग गर्दै आएकोमा आशा अपाङ्ग केन्द्रको तर्फबाट व्यवस्थापक रसाईलीले आभार व्यक्त गरे ।

बेलायतमा सक्रिय प्रथम नौमति बाजा गुल्मी यूकेले स्थापनाकालदेखि नै आफ्नो वार्षिकोत्सवको अवसरमा रकम संकलन गरी जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्दै आएको छ।

नेपालबाहिर रहेर पनि प्रथम नौमती बाजा समूह बेलायतमा नेपाली कला संस्कृतिको जगेर्नामा सक्रिय रहंदै आएको छ।

लोपोन्मुख एवं पौराणिक महत्वको नौमती बाजाको संरक्षण गर्दै विदेशमा पनि नेपाली संकृतिको जगेर्ना गर्नु समूहको प्रमुख उद्देश्य रहेको संस्थापक एवं संरक्षक ओम थापा काउचाले बताए।

बेलायतमा प्रथम नौमति बाजा गुल्मी यूकेको १५ औं वार्षिकोत्सव कार्यक्रम

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register