सामाजिक सञ्जालमा अनैतिक सामग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ

काठमाडौं। सामाजिक सञ्जाल तथा युट्युबजस्ता डिजिटल प्लेटफर्ममार्फत नैतिकता र शिष्टाचारविरुद्धका सामग्री निरन्तररूपमा प्रकाशन गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बागलुङ जिल्ला निसिखोला गाउँपालिका–४ स्थायी घर भई हाल ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीय रेशम राज पौडेल (ड्राइभर रेशम) लाई मङ्गलवार नेपालगन्जको रूपैडियाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पौडेलले विभिन्न सामाजिक […]

Jun 17, 2025 - 12:15
 0
सामाजिक सञ्जालमा अनैतिक सामग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ

काठमाडौं।

सामाजिक सञ्जाल तथा युट्युबजस्ता डिजिटल प्लेटफर्ममार्फत नैतिकता र शिष्टाचारविरुद्धका सामग्री निरन्तररूपमा प्रकाशन गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बागलुङ जिल्ला निसिखोला गाउँपालिका–४ स्थायी घर भई हाल ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीय रेशम राज पौडेल (ड्राइभर रेशम) लाई मङ्गलवार नेपालगन्जको रूपैडियाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पौडेलले विभिन्न सामाजिक सञ्जाल र युट्युबजस्ता माध्यमबाट व्यक्तिहरू तथा संस्थाहरूलाई लक्षित गरी आधारहीन र तथ्यहीन आरोपसहित अपशब्द प्रयोग गर्ने सामग्रीहरू प्रसारण गर्दै आएका थिए। उनले कानूनले निषेध गरेका शब्दहरू प्रयोग गरी गलत धारणा सिर्जना गर्ने प्रयास गर्दै सार्वजनिक शिष्टाचारविरुद्धका सामग्रीहरू बारम्बार प्रकाशन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पौडेलविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतको अनुमति अनुसार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरी उपरीक्षक तथा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीका अनुसार यो प्रकृतिका डिजिटल अपराधमाथि प्रहरीको निगरानी कडा बनाइएको छ। “सार्वजनिक मर्यादा भंग हुने खालका कार्य कानूनी रूपमा स्वीकार्य छैनन्, र यस्ता क्रियाकलापमा संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याइनेछ,” उनले भने।

प्रवक्ता अवस्थीका अनुसार डिजिटल प्लेटफर्महरूको दुरुपयोग गरी अपमानजनक, उत्तेजक र तथ्यहीन सामग्री प्रकाशन गर्नेहरूमाथि निगरानी बढाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register