बेक्स्ली काउन्सिल को 'Outstanding Achievement Award' बेक्स्ली नेपाली समाजलाई

CIVIC RECOGNITION OF OUTSTANDING ACHIEVEMENT AWARDS 2022 बाट बेक्सले नेपाली समुदायलाई सम्मान गरियो ।
बेक्सले नेपाली समुदायलाई शनिबार 14 मे 2022 मा Bexley civic office मा बेक्सले बरोका मेयरले उत्कृष्ट उपलब्धि पुरस्कार २०२२ को नागरिक मान्यता सम्मान प्रधान गर्नु भएको छ।
बेक्सले नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा सम्मानित गरिएको छ। यो बीएनसी र युकेभरका नेपाली समुदायका लागि ऐतिहासिक कोसेढुङ्गा र उपलब्धि भएको छ।
यो BMC को लागि एउटा एतिहासिक दिन हो ।BNC का प्रतेक सदस्यको साथ र सहयोगको फल रहेको र भबिश्यमा पनि यो भन्दा राम्रो राम्रो काम गर्ने र सबै सदस्य हरूको यसरीनै साथ सहयोग मिल्ने आशा बेक्सले नेपाली समुदायले लिएको छ।
बेक्स्ली नेपाली समाज ले पोष्ट कोभीड गरेका गतिविधिहरू जस्तै : नृत्य प्रशिक्षण, युथ को कार्यक्रम, बुट क्याम्प, चित्रकला, नेपाली भाषा कक्षा लगाएको कार्यक्रम मुल्यांकन गरेर सो अवार्ड बेक्स्ली नेपाली समाज लाई दिइएको हो।
बेक्स्ली को मेयर जेम्स हन्ट ले आफै ले नोमिनेशन गरेको र काउन्सिल ले निर्णय गरेर एक भब्य समारोह को बिच प्रदान गरिएको थियो।
Photo Gallery:
What's Your Reaction?






