रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ ग्रहण बिहीबार

काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्। शीतलनिवास स्रोतका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथ ग्रहण बिहीबार हुने तय भएको छ। यद्यपि, शपथको समय भने निर्धारण भइसकेको छैन। यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेकी विद्या भट्टराईले गत वैशाख […]

Apr 23, 2025 - 13:41
 0
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ ग्रहण बिहीबार

काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।

शीतलनिवास स्रोतका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथ ग्रहण बिहीबार हुने तय भएको छ। यद्यपि, शपथको समय भने निर्धारण भइसकेको छैन।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेकी विद्या भट्टराईले गत वैशाख ८ गते आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्रीबाट असहयोग भएको र काम गर्न असहज भएको जस्ता कारणहरू उल्लेख गरेकी थिइन्। तर, प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाएकी थिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register