भारतीय नाटक मञ्चनसहित सकियो एक हप्ता लामो भारत-नेपाल रङ्ग महोत्सव (तस्वीरहरू)

काठमाडौं । एक हप्ता लामो भारत-नेपाल रङ्ग महोत्सव बुधबार भारतीय नाटक ‘ताजमहल का टेन्डर’ को मञ्चनसँगै सकिएको छ । राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का निर्देशक चित्तरञ्जन त्रिपाठीद्वारा निर्देशित र अजय शुक्लाको पटकथामा आधारित व्यङ्ग्यात्मक नाटकले नेपाल सांस्कृतिक संस्थान सभा भवनमा भरिभराउ रहेका दर्शकलाई मनोरञ्जन प्रदान गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेले […]

Feb 13, 2025 - 02:45
 0
भारतीय नाटक मञ्चनसहित सकियो एक हप्ता लामो भारत-नेपाल रङ्ग महोत्सव (तस्वीरहरू)

काठमाडौं । एक हप्ता लामो भारत-नेपाल रङ्ग महोत्सव बुधबार भारतीय नाटक ‘ताजमहल का टेन्डर’ को मञ्चनसँगै सकिएको छ ।

राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का निर्देशक चित्तरञ्जन त्रिपाठीद्वारा निर्देशित र अजय शुक्लाको पटकथामा आधारित व्यङ्ग्यात्मक नाटकले नेपाल सांस्कृतिक संस्थान सभा भवनमा भरिभराउ रहेका दर्शकलाई मनोरञ्जन प्रदान गर्यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेले पनि नाटक हेरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

समापन समारोहमा सचिव पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्रीमती निशा शर्मालगायत पनि समापन कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले नाटकका निर्देशक त्रिपाठीलाई सम्मान गरे । साथै उनले भारतको राष्ट्रिय नाट्य विद्यालय र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबीचको सहकार्यको प्रशंसा गरेका थिए ।

मन्त्री पाण्डेले महोत्सवले कलात्मक आदानप्रदानका लागि एक मञ्चको रुपमा काम गर्नुका साथै नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने कुरामा जोड दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register