हल्दिबारीको शान्ति सामुदायिकद्वारा उपभोक्तालाई सहुलियतमा विद्युतीय चुलो वितरण

हल्दिबारी, २ फागुन । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले बिहीबार एक कार्यक्रमका बीच उपभोक्तालाई सहुलियतमा विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ । समूहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्तालाई सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा उपभोक्तासँग ८ सय रुपैयाँ संकलन गरी वन समूहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ [...] The post हल्दिबारीको शान्ति सामुदायिकद्वारा उपभोक्तालाई सहुलियतमा विद्युतीय चुलो वितरण appeared first on Jhapa Online.

Feb 14, 2025 - 01:43
 0
हल्दिबारीको शान्ति सामुदायिकद्वारा उपभोक्तालाई सहुलियतमा विद्युतीय चुलो वितरण

हल्दिबारी, २ फागुन । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले बिहीबार एक कार्यक्रमका बीच उपभोक्तालाई सहुलियतमा विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ ।

समूहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्तालाई सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा उपभोक्तासँग ८ सय रुपैयाँ संकलन गरी वन समूहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ हजार ७० गरेर ३ हजार ७ सय ५० मूल्य बराबरको चुलो सहुलियतमा उपलब्ध गराएको हो ।

ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने बताइएको छ। चुलो परीक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्डका चुलो भएकाले सुरक्षित रहेको बताइएको छ। २ हजार वाट तापशक्ति रहेको यो चुलोले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विद्युत खपत हुने बताइएको छ ।

उपभोक्ताको वनमा निर्भरता घटाउने र एलपी ग्यासको खपत कम गराउन यो कार्यक्रम ल्याइएको अध्यक्ष मोक्तानले बताए ।

The post हल्दिबारीको शान्ति सामुदायिकद्वारा उपभोक्तालाई सहुलियतमा विद्युतीय चुलो वितरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register