स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः प्रहरीबाट भाग्दै आएकी काँग्रेस सांसद राई पक्राउ, संसद्लाई गराइयो जानकारी 

काठमाडौँ ।  नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँले राईलाई शनिबार नै पक्राउ गरेको हो । राईलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय संसद सचिवालयमा जानकारी गराइसकेको छ ।  प्रहरीका अनुसार राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा […]

Apr 27, 2025 - 03:29
 0
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः प्रहरीबाट भाग्दै आएकी काँग्रेस सांसद राई पक्राउ, संसद्लाई गराइयो जानकारी 

काठमाडौँ ।  नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँले राईलाई शनिबार नै पक्राउ गरेको हो ।

राईलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय संसद सचिवालयमा जानकारी गराइसकेको छ । 

प्रहरीका अनुसार राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयदेखि सम्पर्कविहीन थिइन् । राईसहितका व्यक्तिले सहकारीका ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी नेपाली काँग्रेसकी समानुपातिक सांसद हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register