४९ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा, आम्दानीमा पनि गिरावट
काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा दुवैमा गिरावट आएको छ । सोमबार प्रकाशित भएको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले घटेको छ । टेलिकमले यस आवको तेस्रो त्रैमाससम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको कुल आय करिब ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड ४८ लाख ४५ हजार रुपैया पुगेको छ । गत आवको सो...

What's Your Reaction?






