मेसीलाई ‘सर्वकालीन उत्कृष्ट फुटबलर’ घोषणा गरेपछि चुलियो विवाद

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (आईएफएफएचएस)ले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई ‘सर्वकालीन उत्कृष्ट खेलाडी’ घोषणा गरेसँगै विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ । पछिल्लो हप्ता सार्वजनिक गरिएको आईएफएचएसको सूचीमा मेसीलाई शीर्ष स्थान दिइएको हो । यो सूची व्यक्तिगत तथा सामूहिक उपाधिका आधारमा तयार गरिएको आईएफएचएसले जनाएको छ । मेसीले हालसम्म कुल ४६ […]

May 19, 2025 - 11:54
 0
मेसीलाई ‘सर्वकालीन उत्कृष्ट फुटबलर’ घोषणा गरेपछि चुलियो विवाद

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (आईएफएफएचएस)ले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई ‘सर्वकालीन उत्कृष्ट खेलाडी’ घोषणा गरेसँगै विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ । पछिल्लो हप्ता सार्वजनिक गरिएको आईएफएचएसको सूचीमा मेसीलाई शीर्ष स्थान दिइएको हो ।

यो सूची व्यक्तिगत तथा सामूहिक उपाधिका आधारमा तयार गरिएको आईएफएचएसले जनाएको छ । मेसीले हालसम्म कुल ४६ उपाधि जितेका छन् । मेसीले सर्वाधिक ८ वटा बलोन डि’ओर र स्पेनिस क्लब बार्सिलोनाबाट ३५ उपाधि जितेका छन् । यस्तै उनले पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट, अमेरिकी क्लब इन्टर मयामीबाट र अर्जेन्टिनाबाट विभिन्न स्तरमा ६ उपाधि समावेश छन् । उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ मा विश्वकपको उपाधि जितेको थियो । यससँगै उनी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।

दोस्रो स्थानमा ब्राजिलियन लेजेन्ड पेले छन् । उनले सन् १९५८, १९६२ र १९७० का तीन विश्वकप जितेका थिए । तेस्रो स्थानमा अर्जेन्टिनाका अर्को महान् खेलाडी डिएगो म्याराडोनालाई दिइएको छ, जसले सन् १९८६ मा विश्वकप जितेका थिए र १९९० मा उपविजेता बनेका थिए ।

चौथो स्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको स्थानप्रति धेरैले आपत्ति जनाएका छन् । यद्यपि उनी फुटबल इतिहासका सबैभन्दा धेरै गोल गर्ने खेलाडी (९३५ औपचारिक गोल) हुन्, उनले कहिल्यै विश्वकप जित्न सकेनन् । तर उनले रियल म्याड्रिडबाट थुप्रै उपाधि जितेका छन् । उनी नेतृत्वको पोर्चुगल सन् २०१६ मा युरोपियन च्याम्पियन बनेको थियो ।

आईएफएचएसको शीर्ष १० खेलाडीको सूचीमा कुनै पनि स्पेनिस खेलाडी अटाउन सकेनन् । तर सूचीमा तीनजना अर्जेन्टिनी (मेसी, म्याराडोना, र डी स्टेफानो) र समान ब्राजिलियन (पेले, रोनाल्डो, र रोनाल्डिन्हो) समावेश छन् ।

हेराैं सूची :

आईएफएचएसको यो सूचीले विश्वभर सामाजिक सञ्जालदेखि खेलकुद विश्लेषकहरूसम्म व्यापक बहस र आलोचना जन्माएको छ, जुन स्वाभाविक रुपमा फुटबलप्रेमीबीचको सदाबहार बहसको अर्को अध्याय बनेको छ । –स्पेनिस पत्रिका मार्काको सहयोगमा

चौथो फाइनलिसिमाको लामो प्रतीक्षा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register