काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डङ्गोलको निधनमा आज (आइतबार) शोक बिदा दिएको छ । महानगरको प्रशासन विभागले सूचना जारी गदै आज शोक बिदा दिएको जानकारी दिएको हो । उपप्रधानपञ्चका रुपमा डङ्गोलले सहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै महानगरले शोक बिदा दिएको जनाएको […]

Apr 27, 2025 - 05:47
 0
काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डङ्गोलको निधनमा आज (आइतबार) शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना जारी गदै आज शोक बिदा दिएको जानकारी दिएको हो ।

उपप्रधानपञ्चका रुपमा डङ्गोलले सहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै महानगरले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ ।

स्वर्गीय डङ्गोलको शनिबार टेकुमा अन्येष्टि भइसकेको छ । पूर्वस्वास्थ्य राज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डङ्गोलको शुक्रबार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डङ्गोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register