इजरायली अर्थमन्त्री भन्छन्– गाजामा जे बचेको छ सबै खत्तम पारिदिन्छौँ

काठमाडौं । इजराइलका अर्थमन्त्री बेजेलेल स्मोट्रिचले गाजामा जति बचेको छ, त्यो सबै समाप्त पारिदिने बताएका छन् । इजरायली सेनाले गाजामा भीषण स्थल कारबाही सुरु गरेपछि उनको यो भनाइ आएको हो । बीबीसीका अनुसार उनले भनेका छन्, ‘इजराइली सेनाले गाजामा जे बचेको छ, त्यो सबै खत्तम गरिरहेको छ ।’ पत्रकार सम्मेलनमा उनले गाजामा सीमित खानेकुरा पठाइएको […]

May 19, 2025 - 14:33
 0
इजरायली अर्थमन्त्री भन्छन्– गाजामा जे बचेको छ सबै खत्तम पारिदिन्छौँ

काठमाडौं । इजराइलका अर्थमन्त्री बेजेलेल स्मोट्रिचले गाजामा जति बचेको छ, त्यो सबै समाप्त पारिदिने बताएका छन् । इजरायली सेनाले गाजामा भीषण स्थल कारबाही सुरु गरेपछि उनको यो भनाइ आएको हो । बीबीसीका अनुसार उनले भनेका छन्, ‘इजराइली सेनाले गाजामा जे बचेको छ, त्यो सबै खत्तम गरिरहेको छ ।’
पत्रकार सम्मेलनमा उनले गाजामा सीमित खानेकुरा पठाइएको उल्लेख गर्दै त्यो हमाससम्म नपुग्ने दाबी गरेका छन् । उनले केही खानेकुरा गाजामा पठाइएको तर त्यो हमासलाई नदिइने बताए ।

उनले आवश्यक मात्र सामान आममानिसहरूसम्म पुग्ने भन्दै संसारले इजरायललाई युद्ध अपराधको आरोप नलगाओस् भनेर त्यसो गरिएको बताए । उनले भने, ‘आगामी दिनहरूमा गाजामा निकै सीमित सहायता पुग्नेछ । केही बेकरी, केही रोटी बाँडिनेछ । सार्वजनिक भान्सामा एकपटक पाकेको खाना वितरण गरिनेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register