शिक्षकमाथि दमनको संसदमा विरोध, ऐन तत्काल जारी गर्न सरकारसँग माग

काठमाडौं । आन्दोलनरत शिक्षकमाथिको दमन भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले भर्त्सना गरेका छन् । सोमबारको बैठकमा प्रतिपक्षी र सत्तापक्ष दुबै सांसदले दमनको विरोध गरेका हुन् । आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा ६० जना शिक्षक घाइते भएका थिए ।  प्रमुख प्रतिपक्षी माओवादी केन्द्र उक्त घटनाको विरोध गरेको छ । शिक्षकहरुको माग सम्बोधनको सट्टा सरकारले दमन […]

Apr 28, 2025 - 08:29
 0
शिक्षकमाथि दमनको संसदमा विरोध, ऐन तत्काल जारी गर्न सरकारसँग माग

काठमाडौं । आन्दोलनरत शिक्षकमाथिको दमन भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले भर्त्सना गरेका छन् । सोमबारको बैठकमा प्रतिपक्षी र सत्तापक्ष दुबै सांसदले दमनको विरोध गरेका हुन् ।

आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा ६० जना शिक्षक घाइते भएका थिए ।  प्रमुख प्रतिपक्षी माओवादी केन्द्र उक्त घटनाको विरोध गरेको छ । शिक्षकहरुको माग सम्बोधनको सट्टा सरकारले दमन गरेको भन्दै माओवादीका सांसद जनार्दन शर्माले विरोध गरे । शिक्षकहरूलाई घर पठाउनुपर्नेमा सरकारले  काठमाडौंमा बस्न बाध्य बनाउँदा बालबालिकाको भविष्यमा समेत असर पुगेको बताए ।

‘सोध्दाखेरि अभिभावकहरूले हाम्रा मास्टरहरू सबैलाई सरकारले लगेर काठमाडौंमा राखिदिएको छ। अब हाम्रा केटाकेटी कहिले भिर पाखा रूखमा जान्छन्। पढ्ने कुरा त हरायो अब इनको उपचार गर्न नै थप ऋण बोक्नुपर्ने भनेर दुखेसो पोख्दै हुनुहुन्थ्यो,’ उनले भने।

माओवादी सांसद जनार्दन शर्मा

शिक्षकहरूले ऐन माग गरेकाले उनीहरूका जाय माग सम्बोधन हुनेगरी तत्काल ऐन जारी गर्नुपर्ने शर्माको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले शिक्षकहरूमाथि दमन गरेको भन्दै यस्ता गतिविधिले सरकार  अधिनायकवादतर्फ अगाडि बढेको भान हुने उल्लेख गरिन् । ‘शिक्षाको बजेट कति छ सरकारले आएर भन्नुपर्‍यो। शिक्षकहरूलाई पनि भन्नुपर्‍यो र  पठनपाठनको वातावरण बनाउनुपर्‍यो।  बच्चाहरुको पढ्ने अधिकार गुमिरहेको छ,’ उनले भनिन्।

प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले शान्तिपूर्ण आन्दोलनमा  सरकारले घुसपैठ गराएको आरोप लगाइन् । ‘घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपबाट लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरेर ६२ जना शिक्षकहरुलाई घाइते बनाएको छ। साथै महिला शिक्षिकाहरूमाथि दुर्व्यहार र लाठी चार्ज भयो। सरकाले के चाहेको हो?’ उनको प्रश्न छ ।

राप्रपा सांसद रोशन कार्की

शिक्षा ऐन दिएर शिक्षकहरूलाई विद्यालयमा पठाउने वातावरण तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण  गराएकी छिन् ।

सत्तारूढ  नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले आमाको मुख हेर्ने दिनमा सरकारले गुरूहरूमाथि दमन गर्दा मर्माहित भएको बताइन् । ‘आमाको मुख हेर्ने दिनमा गुरूबा र गुरू आमा पिटिएको देख्दाखेरि मर्माहित भएको छु,’ उनले भनिन्।

सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले पनि आइतबार शिक्षकहरूको आन्दोलनमा भएको घटना दुःखद रहेको उल्लेख गरे । राष्ट्रसेवकमाथिको दमन उचित नभएको उनको भनाइ छ । ‘सुरक्षाकर्मी  र शिक्षक दुवै राष्ट्रसेवक हुन्। राष्ट्रसेवकहरूमाथि आन्दोलनका नाममा गरिने व्यवसहार होस् वा अरू जुनसुकै होस्। त्यो उचित होइन,’ उनले भने।

एमाले सांसद सुर्य थापा

थापाले आन्दोलनरत शिक्षक र सुरक्षाकर्मी दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन् । थापाले शिक्षा विधेयकलाई टुंग्याउन संसद् गम्भीर रहेको उल्लेख गर्दै यस विषयमा शिक्षा मन्त्रीले संसदमा धारणा राख्नुपर्ने बताए । ‘आफ्नो कार्यकालाभरि कानमा तेल हालेर सुत्ने । कुनै काम नगर्ने सरकारहरूले अहिले आएर शिक्षा विधेयक दिएर मात्रै जाने कुराकानी भइरहेको छ। उपसमितिमा भइरहेको कामलाई सरकारले, शिक्षा मन्त्रालयले शिक्षकहरू र सिंगो देशलाई जानकारी गराउनुर्छ,’ उनले भने।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register