योग खेलकुदमा उदयपुरकी मिना स्वर्ण पदक विजेता 

उदयपुर ।  नेपालमा २०७३ सालदेखि प्रारम्भ भएको योग खेलकुदको विभिन्न प्रतियोगिता तथा अन्य खेलमा उदयपुरकी मिना राउतले स्वर्ण पदक विजेता बन्न सफल भएकी छिन । उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा स्थायी बसोबास भएकी मिनाले २०७६ सालदेखि घरबाट नै योग शिक्षा लिन सुरु गरेकी र हालसम्म पनि योग शिक्षा लिने कामलाई निरन्तरता दिइरहेकी छिन ।  मनोक्रान्ति […]

May 18, 2025 - 17:47
 0
योग खेलकुदमा उदयपुरकी मिना स्वर्ण पदक विजेता 

उदयपुर ।

 नेपालमा २०७३ सालदेखि प्रारम्भ भएको योग खेलकुदको विभिन्न प्रतियोगिता तथा अन्य खेलमा उदयपुरकी मिना राउतले स्वर्ण पदक विजेता बन्न सफल भएकी छिन ।

उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा स्थायी बसोबास भएकी मिनाले २०७६ सालदेखि घरबाट नै योग शिक्षा लिन सुरु गरेकी र हालसम्म पनि योग शिक्षा लिने कामलाई निरन्तरता दिइरहेकी छिन । 

मनोक्रान्ति रेकी दिक्षा प्राप्त गरेकी उनले योग शिक्षामा रजिष्टर्ड योग शिक्षकका रुपमा रहेको र योग शिक्षा दिने काम गरिरहेको उनले बताइन । 

योग प्रशिक्षक सम्बन्धी तालिम लिएर योग सिकाउन थालेको र योग एलाइन्समा दर्ता भएको प्रमाणपत्र अमेरिकाबाट लिएको उनले बताएकी छिन ।

२०५४ साल बैसाख १२ गते उदययपुरको तत्कालिन बर्रे गाविस ९ हालको उदयपुरगढी गाउँपालिका वडा नं २ मा जन्मिएर कक्षा ६ सम्म सोही ठाउमा पढिन । कक्षा ७ देखि एस.एल.सी.सम्म श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेमा र ११,१२ अनि व्यवस्थापनमा बिबिएस त्रियुगा जनता क्याम्पस गाईघाटबाट पास गरेको उनले बताइन ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा नै मास्टर डिग्री(एमबिएस) गरेकी मिना अहिले योग विज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट नै मास्टर डिग्रीको तेस्रो वर्षको अध्ययन गरिरहेकी छिन ।

आफूले अहिलेसम्म ५सयभन्दा बढीलाई योग शिक्षा दिएको बताउने मिनाले आफू योग प्रशिक्षक भएपछि नामको अगाडि योगेश्वरी थपेर लेख्ने गरेको बताइन  ।

करिब एक महिना अघि मलेसियामा भएको १६ औ अन्तर्राष्ट्रिय योग खेलकुदमा सहभागी भएकोमा स्वर्ण पदक पाएको, जानकारी दिइन । यस्तै नेपालमा आयोजना भएको २०२३ मा भएको तेस्रो दक्षिण एसियाली योग खेलकुदमा सहभागी भै स्वर्ण पदक प्राप्त गरेको, प्रथम नेपाल भारत योग खेलकुद  २९२४मा पनि स्वर्ण पदक प्राप्त गरेको उनले बताइन ।

नेपालको राष्ट्रिय योग खेलकुद २०२४मा प्रथम भै मिस योगीको उपाधि पाएकी मिनाले  नेपालमा भएको पाँचौ योग खेलकुदमा पनि उनले मिस योगीको उपाधि पाएकी छिन् । 

अन्तर्राष्ट्रिय योग खेलकुद महासंघले विगत १५ र्षदेखि योग खेलकुद प्रतियागित गर्दै आएको जानकारी दिँदै उनले अब योग खेलकुदलाई ओलम्पिक खेलकुदमा प्रवेश गराउने तयारी भइरहेको बताइन । 

मिनाले भनिन्— ‘नेपालमा योग खेलकुद ९ वर्षको उमेरदेखिका १५ वर्षसम्मका बालबालिकाहरुलाई सिकाइन्छ ।’ १५ वर्षदेखि १८ वर्ष, १८देखि २५ वर्ष, २५ देखि ३५ वर्ष उमेर समूहमा विभाजन गरेर योग खेलकुद शिक्षा दिने गरिएको र ५० वर्ष माथिसम्मकाले पनि खेलकुदमा सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताइन ।

नेपालमा योग खेलकुदलाई सूर्य बहादुर कार्की लगायतको समुहले २०७३ सालदेखि प्रवर्धन गरेको र नेपालकोसातै प्रदेश र जिल्लास्तरमा समेत विस्तार हुने क्रममा रहेको छ । कोश िप्रदेशको बिराटनगरमा योग खेलकुद हुने गरेको छ । प्रत्येक जिल्लाका जिल्ला खेलकुद विकास समितिले प्राथमिकता नदिएको र स्थानीय तहले पनि चासो दिन नसकेको उनले गुनासो गरेकी छिन ।

देशका प्रमुख शहरहरु काठमाण्ठौ, पोखरा, बिराटनगर, हेटौडा लगायतका शहरहरुमा योग शिविर संचालन हुँदा प्रशिक्षण दिँदै आएकी मिनाले अनलाइन तथा युटुबका माध्यमबाट पनि योग प्रशिक्षण दिने गरेकी छिन । हाल काठमाण्डौका विभिन्न योगा स्टुडियोहरुमा विदेशी र नेपाली योग प्रशिक्षार्थीहरुलाई योग प्रहिक्षण दिइरहेकी छिन् ।

योग र योग खेलकूलको माध्यमबाट उनले नेपाललाई विश्व माझमा चिनाउन गरेको प्रयासले सार्थकता पाएको छ भने मानवको शारीरिक सुसंगठनकालागि , विकासकालागि, स्वस्थ्य शिक्षा र स्वस्थ्य मष्तिष्ककालागि योग खेलकुदले समाजमा महत्वपूर्ण भूमिका निभाउने भएकोले योग खेलकुदलाई प्रत्येक पालिकाहरुले  विद्यालयहरुमा पनि पाठ्यक्रम तयार पारेर नै योग शिक्षा पढाउनु उचित हुने र योग शिक्षा आजको आवश्यकता पनि भएको उनले बताइन ।

आफ्नो आगामी लक्ष्यका बारेमा उनले अझ मेहनतले योग शिक्षाका बारेमा प्रचार प्रसार गर्ने र सामाजिक सचेतना फैलाउने योजनामा आफू रहेको र आफूले योगका विषयमा गरेका काम अध्ययन अनुसन्धानबाट आफू खुसी र सन्तुष्ट रहेको बताइन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register