रसुवाबाट ठुलो परिमाणमा सुन बरामद

काठमाडौँ । रसुवामा ठुलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले केरूङ नाका हुँदै काठमाडौं आउँदै गरेको एक गाडीबाट झण्डै ७ किलो ६५३ ग्राम सुन बरामद गरेको हो । रसुवागढी नाकामा स्याउ बोकेको बा ४ ख ६२०१ नम्बरको गाडीबाट सातवटा सुनका बिस्कुट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा […]

May 18, 2025 - 12:42
 0
रसुवाबाट ठुलो परिमाणमा सुन बरामद

काठमाडौँ । रसुवामा ठुलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले केरूङ नाका हुँदै काठमाडौं आउँदै गरेको एक गाडीबाट झण्डै ७ किलो ६५३ ग्राम सुन बरामद गरेको हो ।

रसुवागढी नाकामा स्याउ बोकेको बा ४ ख ६२०१ नम्बरको गाडीबाट सातवटा सुनका बिस्कुट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

बरामद गरिएको सुनको परीक्षणको काम भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register