मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । प्रहरीका अनुसार, आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल त्रिवेणी चोकमा पुग्दा अचानक कुकुरलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो। गम्भीर […]

May 19, 2025 - 03:21
 0
मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल त्रिवेणी चोकमा पुग्दा अचानक कुकुरलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

गम्भीर घाइते भएकी मेहतालाई तत्काल रंगेली अस्पताल पुर्‍याइए पनि आइतबार साँझ ७ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक, मृतक भवानीका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register